ग्लोबल


अफगान नागरिकहरू इरान प्रवेश गरिरहेका बेला सुरक्षाकर्मीले गोली हान्यो, १० जनाको मृत्यु

अफगान नागरिकहरू इरान प्रवेश गरिरहेका बेला सुरक्षाकर्मीले गोली हान्यो, १० जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर १७, २०८२ बुधबार ७:५९, काठमाडौँ

पश्चिमी अफगानिस्तानको फराह प्रान्तको इरानी सीमामा सुरक्षाकर्मीले गोली चलाउँदा १० जना अफगान नागरिक मारिएका छन्। 

प्रान्तीय प्रहरी प्रवक्ता मावलवी मोहम्मद नासिम बद्रीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार फराह प्रान्तका अफगान बासिन्दाहरू इरानमा प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा इरानी सीमाका खटिएका सुरक्षाकर्मीले गोली चलाएका हुन्। 

गोली लागेर उनीहरूको घटनास्थलमै मृत्यु भएको उनले उल्लेख गरेका छन्। 

इरानले यस वर्ष मात्र हजारौँ अफगानहरूलाई निष्कासन गर्दै कानुनबमोजिमका कागजातबिना देशमा बसोबास गर्ने विदेशी नागरिकलाई देश छाड्न निर्देशन दिएको छ। 

यसका बाबजुद धेरै अफगान नागरिक बेरोजगारी र गरिबीबाट बच्न दैनिक आफ्नो मातृभूमि छाडेर इरानलगायत अन्य देशमा जाने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad