समाज


सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १३:१०, काठमाडौँ

सुनसरी, कपिलवस्तु, रौतहट, मकवानपुर, रुकुमपश्चिम लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। 

सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुनेमा रोकी राखेको प्र.१-०२-००१ ख ८७५७ नम्बरको ट्रकमा प्र.१-०३-००१ प १३२४ नम्बरको मोटरसाइकल ठक्कर खाएर गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय मन्जिल लिम्बुको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ कर्रा चोकस्थित सडकमा ना. ३८प ५८५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१० कर्रामा डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका-१६ नागुवा घर भएकी ५५ वर्षीय खुइली डोमको बिहीबार साँझ मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ।

त्यसैगरि कपिलवस्तु, बाणगंगा नगरपालिका-४ सिद्धिपुरस्थित सडकमा लु.प्र.०१-००१ क ०३६३ नम्बरको ईभी भ्यानको ठक्करबाट सोही नगरपालिका-५ कोपुवा बस्ने रेमलाल खनालको छोरा ७ वर्षीय प्रियान्स खनालको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि रौतहटको गौर नगरपालिका-१ ट्रान्समिटर चोकस्थित सडकमा बीआर ३० एएल ४२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत सितामढी ग्राम मेजरगंज बस्ने ३० वर्षीय जमसैद मंसुरी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय महमद भैजादको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरि रूकुम पश्चिम, वाफिकोट गाउँपालिका-७ बास्तोलास्थित सडकमा क. प्र.०३-००१ प ०६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-७ बस्ने ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि संजिवनी मेडिकल कलेज नेपालगञ्ज रिफर गरिएको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad