ग्लोबल


थाइल्यान्डमा भीषण बाढी, २० लाखभन्दा बढी मानिसको बिचल्ली (तस्बिरहरू)

थाइल्यान्डमा भीषण बाढी, २० लाखभन्दा बढी मानिसको बिचल्ली (तस्बिरहरू)

नेपालखबर
मंसिर १०, २०८२ बुधबार २०:२९, काठमाडौँ

थाइल्यान्डमा भारी वर्षाका कारण धेरैवटा सहर र नगरहरूमा ठूलो बाढी आएको छ। 

अहिलेसम्म १८  जनाको मृत्यु भइसकेको छ। 

सरकारले उद्धार र राहतका लागि डुंगा र हेलिकप्टर प्रयोग गर्न सेनालाई निर्देशन दिएको छ।

देशको दक्षिणी भागका दश प्रान्त गत हप्तादेखि बाढीको चपेटामा परेका छन्। 

मलेसियाको सिमानामा रहेको व्यापारिक केन्द्र हात याई सहरमा एकै दिनमा ३३५ मिलिमिटर वर्षा भएको छ, जुन ३०० वर्षयताकै ठूलो हो। 

बाढी प्रभावित क्षेत्रका तस्बिरमा सहरका सवारीसाधन र घरहरू डुबेको देखिन्छ।

अविरल वर्षाले छिमेकी देशहरूमा समेत विनाश निम्त्याएको छ।

भियतनाममा एक हप्तामा मृत्यु हुनेको संख्या ९८ पुगेको छ भने मलेसियामा १९ हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार थाइल्यान्डमा बाढीबाट २० लाखभन्दा बढी मानिसको बिचल्ली भएको छ।

केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad