ग्लोबल


भेनेजुएलाका राष्ट्रपतिलाई 'आतंकवादी' करार गर्ने रणनीतिमा अमेरिका

भेनेजुएलाका राष्ट्रपतिलाई 'आतंकवादी' करार गर्ने रणनीतिमा अमेरिका

नेपालखबर
मंसिर १, २०८२ सोमबार १२:२४, काठमाडौँ

अमेरिकाले भेनेजुएलाको कार्टेल डे लस सोल्सलाई आतंकवादी संगठन घोषणा गर्ने बताएको छ।

उक्त संगठन भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको नेतृत्वमा सञ्चालन भइरहेको आरोप अमेरिकाले लगाएको छ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले आइतबार विज्ञप्ति जारी गर्दै उक्त समूहलाई नोभेम्बर २४ देखि लागु हुने गरी विदेशी आतंकवादी संगठन (एफटीओ) तोक्ने बताएका छन्।

यसको अर्थ राष्ट्रपति मादुरोलाई पनि आतंकवादी मानिनेछ, किनकि उनले कार्टेल डे लस सोल्सको नेतृत्व गरिरहेको दाबी अमेरिकाको छ।

तर मादुरोले आरोप अस्वीकार गरेका छन्।

ट्रम्प प्रशासनको यो निर्णयलाई लागुपदार्थको तस्करी रोक्न र मादुरोविरुद्ध दबाब बढाउने दिशामा एक कदमका रूपमा हेरिएको छ।

अमेरिकाले भेनेजुएलाभित्र सैन्य कारबाही गर्ने पनि विचार गरिरहेको छ।

अमेरिकाले कार्टेल डे लस सोल्सलाई लागुपदार्थको तस्करी र अवैध खानीजस्ता गतिविधिमा संलग्न भएको आरोप लगाएको छ।

एफटीओ करार गरेपछि अमेरिकी सरकारले यो समूह र यसका सहयोगीविरुद्ध थप कडा अडान लिन मद्दत पुगनेछ। यस समूहलाई कुनै पनि सहयोग अवैध मानिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad