टर्कीको रक्षा मन्त्रालयले आफ्नो एउटा कार्गो विमान अजरबैजान र जर्जियाको सीमानजिकै दुर्घटना भएको जानकारी दिएको छ।
जसमा कम्तीमा २० जना सवार थिए।
अधिकारीहरूले मृत्यु हुनेको संख्या पुष्टि गरेका छैनन्, तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुर्घटनामा परेका 'सहिदहरू'लाई समवेदना भनेका छन्।
घटनास्थलमा खोजी र उद्धार जारी रहेको बीबीसीले जनाएको छ।
टर्कीको रक्षा मन्त्रालयका अनुसार, सी-१३० कार्गो विमान अजरबैजानबाट टर्की जाँदै थियो।
बीबीसी टर्किस सेवाका अनुसार, जर्जियाको उड्डयन प्राधिकरणले विमान कुनै पनि संकेत नपठाई राडारबाट गायब भएको बताएको छ।
जर्जियाली आन्तरिक मन्त्रालयले अजरबैजानबाट करिब ५ किलोमिटर टाढा सिघनाघीनजिकै विमान दुर्घटना भएको जनाएको छ।
सी-१३० कार्गो विमान विश्वभरका वायु सेनाले प्रयोग गर्ने अमेरिकाद्वारा निर्मित विमान हो।
Shares

प्रतिक्रिया