नोभेम्बर २९ तारिख (१३ मंसिर) हङकङ महावाणिज्यदूतावासले मकाउमा राहदानी घुम्ती सेवा सञ्चालन गर्ने भएको छ।
सेवाबाट मकाउका नेपालीले नयाँ राहदानी जारी गर्न वा नवीकरण गर्न सक्नेछन्। जसका लागि सेवाग्राहीले महावाणिज्यदूतावासले तोकेको विद्युतीय राहदानीको आवेदन फर्म भरी तोकिएका कागजात संलग्न गरेर दूतावासको इमेलमा पठाउनुपर्नेछ।
तोकिएको कागजातअन्तर्गत नागरिकता, राहदानी र भिसाको कागजात संलग्न गर्नुपर्ने दूतावासले भनेको छ। जुन, मंसिर ४ गते (२० नोभेम्बर)भित्र पठाइसक्नु पर्नेछ।
यो मितिपछि प्राप्त आवेदन भने प्रत्यक्ष दर्ताका लागि समावेश हुने छैनन्। योग्य आवेदकको अपोइन्टमेन्ट सूची २९ नोभेम्बरको एक हप्ताअघि महावाणिज्यदूतावासको फेसबुक पेजमा प्रकाशन गरिने दूतावासले जनाएको छ।

27
Shares

प्रतिक्रिया