ग्लोबल


दिल्ली विस्फोटमा मारिनेको संख्या १२ पुग्यो, कारमा देखिएका व्यक्तिका आमा र २ भाइ पक्राउ

दिल्ली विस्फोटमा मारिनेको संख्या १२ पुग्यो, कारमा देखिएका व्यक्तिका आमा र २ भाइ पक्राउ

डा. मोहम्मद उमर, जो विस्फोट भएको कारमा रहेको दाबी गरिएको छ। तस्बिर : दैनिक भास्कर


नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १३:१७, काठमाडौँ

भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको विस्फोटमा मृत्यु भएकाको संख्या १२ पुगेको छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार १२ मृतकमध्ये २ महिला छन्।

जसमध्ये दुई जनाको शव पहिचान भइसकेको छ भने बाँकीको डीएनए परीक्षण जारी छ।

विस्फोटमा परी घाइते भएका २० जनाको उपचार भइरहेको छ।

स्थानीय समयअनुसार सोमबार साँझ ६:५२ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै गुडिरहेको कारमा शक्तिशाली विस्फोट भएको थियो।

विस्फोटमा प्रयोग गरिएको सेतो आई२० कारको सीसीटीभी फुटेज पनि मंगलबार सार्वजनिक भएको छ। 

मेट्रो स्टेसन पार्किङबाट बाहिर निस्कँदै गरेको त्यो कारमा कालो मास्क लगाएका एक व्यक्ति बसिरहेको देखिएको छ। उनी पुलवामा निवासी डा. मोहम्मद उमर नबी रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार उमरले आफैँ मर्नेगरी कार विस्फोट गराएका थिए।

कश्मीर प्रहरीले डीएनए परीक्षणका लागि पुलवामामा उनका आमा र दुई भाइलाई हिरासतमा लिएको छ।

प्रारम्भिक प्रहरी अनुसन्धानमा विस्फोटमा अमोनियम नाइट्रेट, इन्धन र डेटोनेटर प्रयोग गरिएको पाइएको छ।

यसैबीच दुईदिने भ्रमणमा क्रममा भुटान पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विस्फोटमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले भने, ‘सिंगो देश दिल्ली विस्फोटबाट पीडित परिवारहरूको साथमा उभिएको छ। दोषीहरूलाई छाडिने छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad