पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले दोहामा अफगान तालिबानसँग भएको सम्झौता विवरण गोप्य रहने बताएका छन्।
बीबीसी उर्दुुका अनुसार, आसिफले पाकिस्तान र अफगानिस्तानबीचको सम्झौताबारे एआरवाई न्युजसँग कुरा गरेका हुन्।
उनले पाकिस्तानले तहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) सँग नभई अफगानिस्तानमा सत्तामा रहेको अफगान तालिबानसँग वार्ता गरिरहेको उल्लेख गर्दै दोहामा अफगान तालिबानसँग भएको सम्झौता गोप्य रहने बताएका हुन्।
ख्वाजा आसिफले आफूले विवरण दिन नसक्ने र यसलाई गोप्य राखिने बताए। उनले सम्झौतामा तीन बुँदा समावेश भएको बताए: शरणार्थीहरूको फिर्ती, टीटीपीको संरक्षण र युद्धविराम।
आसिफले जियो न्युजसँग भने, 'हामीले टीटीपीसँग कुरा गरेनौँ; हामीले त्यहाँ शासन गर्ने अफगान तालिबानसँग कुरा गर्यौँ र हामीबीच अनौपचारिक कूटनीतिक सम्बन्ध छ।'
ख्वाजा आसिफले पाकिस्तान र अफगान तालिबानबीच कतारमा भएको सम्झौता कार्यान्वयन गर्न अर्को चरणको वार्ता टर्कीमा हुने बताए।
हालैका दिनमा पाकिस्तानी सेना र अफगान तालिबान सेनाबीच भएका धेरै झडपपछि युद्धविराम सम्झौता भएको थियो।
यसका लागि टर्की र कतारको मध्यस्थतामा कतारको राजधानी दोहामा वार्ता भएको थियो।
Shares

प्रतिक्रिया