ग्लोबल


पाकिस्तान र अफगानिस्तान वार्ता गर्न चीनको अपिल

पाकिस्तान र अफगानिस्तान वार्ता गर्न चीनको अपिल

गत शनिबार राति अफगानिस्तानले पाकिस्तान सीमामा आक्रमण गर्दाको दृश्य


नेपालखबर
असोज २८, २०८२ मंगलबार ५:१३, काठमाडौँ

चीनले सोमबार पाकिस्तान र अफगानिस्तानलाई संयम अपनाउन र वार्तामार्फत आपसी समस्या समाधान गर्न अपिल गरेको छ।

गत शनिबार राति पाकिस्तान-अफगानिस्तान सीमामा सुरक्षा बलबीच झडप भएको छ।

पाकिस्तान र अफगानिस्तान दुवै चीनका छिमेकी हुन् र उनीहरूसँग घनिष्ठ सम्बन्ध राख्छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मिडिया ब्रिफिङमा दुई देश सधैँ छिमेकी भएको र रहने बताए। 

उनले भने, ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु, आर्थिक र सामाजिक विकास अगाडि बढाउनु र आतंकवादसँग लड्नु दुवै पक्षका लागि महत्त्वपूर्ण छ।’

चिनियाँ विदेश मन्त्रालयले दुवै देशले आफ्नो व्यापक हितलाई ध्यानमा राख्दै संयम अपनाउने आशा व्यक्त गरेको छ। 

लिन जियानले भने, ‘चीन पाकिस्तान-अफगानिस्तान सम्बन्ध सुधार गर्न सकारात्मक भूमिका खेल्न तयार छ।’

शनिबार राति अफगानिस्तानले पाकिस्तानमा आक्रमण गर्दा ५८ जना पाकिस्तानी सैनिक मारिएको दाबी तालिबानले गरेको छ भने पाकिस्तान स्वयंले चाहिँ २३ सैनिक मारिएको र २९ घाइते भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad