ग्लोबल


ट्रम्पले इजरायली संसद्‌मा सम्बोधन गरिरहँदा किन बाहिर निकालिए दुई सांसद?

ट्रम्पले इजरायली संसद्‌मा सम्बोधन गरिरहँदा किन बाहिर निकालिए दुई सांसद?

नेपालखबर
असोज २८, २०८२ मंगलबार ५:२३, काठमाडौँ

सोमबार इजरायली संसद्‌मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दा दुई सांसद बाहिर निकालिएका छन्। 

ती दुई सांसदले विरोध गर्दा होहल्ला भएपछि ट्रम्पले आफ्नो भाषण केही समयको लागि रोक्नुपर्‍यो।

त्यसपछि दुई विपक्षी सांसरूलाई संसद् भवनबाट बाहिर निकालियो। उनीहरू थिए- सांसदद्वय ओफर कासिफ र आयमान ओदेह। 

आयमान ओदेहले ट्रम्पविरुद्ध नारा लगाए र ‘प्यालेस्टाइनलाई मान्यता दिनुहोस्’ लेखिएको कागजको टुक्रा फ्याँके।

त्यसपछि ओदेहले आफ्नो पछाडि बसिरहेका अर्का सांसद कासिफलाई भेटे। अनि दुवैलाई इजरायली संसद् नेसेटबाट बाहिर निकालिएको बीबीसीले जनाएको छ। 

दुई जनालाई निकालिएपछि सभामुख अमिर ओहानाले ट्रम्पसँग माफी मागे।

ट्रम्पले ठट्टा गर्दै भने, ‘यो धेरै सफलतापूर्वक र छिटो गरियो।’

ट्रम्पले के भने?
हमास-इजरायल युद्धको सन्दर्भमा डोनाल्ड ट्रम्पले इजरायली सांसदहरूलाई सम्बोधन गर्दै भने, ‘लामो र पीडादायी युद्ध अन्ततः समाप्त भयो।’

यो २००८ पछि इजरायली संसद्‌मा अमेरिकी राष्ट्रपतिको पहिलो भाषण थियो।

ट्रम्पले भने, यो दिन सबै कुरा परिवर्तन हुन र राम्रोका लागि परिवर्तन हुन सुरु हुने क्षण हो।’

नेसेटमा ‘ट्रम्प, ट्रम्प, ट्रम्प’को नाराबीच अमेरिकी राष्ट्रपतिले भने, ‘यो क्षेत्र नयाँ मध्यपूर्वको ऐतिहासिक सूर्योदय देखिरहेको छ।’

ट्रम्पले अगाडि भने, ‘अन्ततः इजरायलीहरू मात्र होइन, प्यालेस्टिनीहरू पनि लामो र पीडादायी समयबाट बाहिर आएका छन्।’

उनले आफ्नो मध्यस्थतामा भएको हमास-इजरायल युद्धविराम ‘सबैभन्दा चुनौतीपूर्ण सफलता’का रूपमा वर्णन गरे। 

ट्रम्पले अब आफ्नो ध्यान रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्नेमा हुने पनि बताए। 

बन्धक मुक्ति
गाजामा शुक्रबारदेखि लागु युद्धविराम सम्झौताअन्तर्गत हमासले दुई वर्षदेखि बन्धक बनाएर राखेका जीवित २० बन्धक सोमबार रिहा गरेको छ भने नेपालका विपिन जोशीसमेत ४ मृतकको शव पनि इजरायललाई फिर्ता गरेको छ। 

हमासले जीवित र मृत गरी जम्मा ४८ बन्धक फिर्ता गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad