ग्लोबल


हमासले पहिलो चरण फिर्ता गर्‍यो यी सात बन्धक

हमासले पहिलो चरण फिर्ता गर्‍यो यी सात बन्धक

नेपालखबर
असोज २७, २०८२ सोमबार १२:४, काठमाडौँ

इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रेडक्रसले केही बेरअघि सेनालाई गाजा सहरमा हमासबाट सात बन्धक फिर्ता लिएको जानकारी दिएको बताएको छ।

ती सात जनामा माटन आङ्ग्रेस्ट, दाजुभाइ गाली र जिभ बर्मन, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ-दलाल छन्।

रेडक्रसले बन्धकहरूलाई गाजाभित्र रहेका आईडीएफ सेनाकहाँ पुर्‍याउँछ र त्यसपछि उनीहरूलाई स्ट्रिपबाट बाहिर रेइम नजिकैको सैन्य सुविधामा लगिनेछ।

जहाँ उनीहरूको प्रारम्भिक शारीरिक र मानसिक जाँच गरिनेछ र उनीहरूका परिवारसँग भेट गराइने द टाइम्स अफ इजरायलले जनाएको छ। 

यसअघि हमासले आज रिहा गरिने २० जीवित बन्धकको सूची सार्वजनिक गरेको थियो। दु:खको कुरा त्यसमा नेपाली विपिन जोशी छैनन्। 

इजरायलसँग भएको युद्धविराम सम्झौताबमोजिम हमासले आज बन्धक रिहा गर्न सुरु गरेको हो। यस क्रममा पहिलो खेपमा उसले ७ बन्धक मुक्त गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad