ग्लोबल


मध्य प्रदेशमा कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता

मध्य प्रदेशमा कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता

नेपालखबर
असोज १९, २०८२ आइतबार ११:५०, काठमाडौँ

मध्य प्रदेशको छिन्दवाडा जिल्लामा प्रहरीले कफ सिरप सेवन गरेपछि ११ बालबालिकाको मृत्यु भएको घटनामा सरकारी डाक्टर प्रवीण सोनी, कफ सिरप निर्माता श्रीसन फार्मास्युटिकल्सका सञ्चालक र अन्य जिम्मेवार व्यक्तिहरूविरुद्ध एफआईआर दर्ता गरेको छ।

यो कारबाही अक्टोबर ५ मा पारसिया ब्लकका मेडिकल अफिसर डा. अंकित सहलामको उजुरीको आधारमा गरिएको हो। 

जिल्ला प्रशासनका अनुसार, मृत्यु भएका ११ बालबालिकामध्ये १० जना पारसिया ब्लकका बासिन्दा थिए, जहाँ डा. प्रवीण सोनी सरकारी बाल रोग विशेषज्ञको रूपमा कार्यरत थिए।

एफआईआरको प्रतिलिपि अनुसार, ‘२०२५ अगस्ट र सेप्टेम्बरबीचमा पाँच वर्षमुनिका धेरै बालबालिकालाई सामान्य रुघाखोकी, खोकी र ज्वरो आएपछि सीएचसी पारसियामा ल्याइएको थियो। डा. प्रवीण सोनीले धेरैजसो बालबालिकालाई कोल्ड्रिफ कफ सिरप र अन्य औषधि सिफारिस गरेका थिए। केही दिनपछि बालबालिकाहरूमा पिसाब रोकिने, अनुहार सुन्निने र बान्ता हुनेजस्ता लक्षण देखा परे। अनुसन्धानले मिर्गौला फेल भएको पुष्टि गर्‍यो।’

एफआईआरअनुसार धेरै बालबालिकालाई नागपुर रिफर गरिएको थियो, जहाँ उपचारका क्रममा १० जनाको मृत्यु भयो। पहिलो मृत्यु सेप्टेम्बर ४ मा ४ वर्षीय शिवम राठौरको भएको थियो भने अन्तिम मृत्यु अक्टोबर ४ मा दुई वर्षीया योगिता ठाकरेको भयो।

यसपछि मध्य प्रदेश सरकारले अक्टोबर १ मा तमिलनाडु सरकारलाई पत्र लेख्दै औषधि निर्माताविरुद्ध अनुसन्धानको लागि अनुरोध गर्‍यो।

अनुसन्धानले तमिलनाडु औषधि नियन्त्रण विभागले श्रीसन फार्मास्युटिकल्सद्वारा निर्मित कोल्ड्रिफ कफ सिरप मिसावटयुक्त भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad