ग्लोबल


अमेरिकामा कोरोना परीक्षण नेगेटिभ देखिएपछि सञ्चारकर्मी सच्ची मैनाली भन्छिन्, ‘अब संघर्ष धेरै बाँकी नरहला’

अमेरिकामा कोरोना परीक्षण नेगेटिभ देखिएपछि सञ्चारकर्मी सच्ची मैनाली भन्छिन्, ‘अब संघर्ष धेरै बाँकी नरहला’

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ५:२८,

अमेरिका बसोबास गर्दै आएकी सञ्चारकर्मी सच्ची मैनालीले तीन हप्ता अगाडि फेसबुकमा एउटा पोष्ट गरिन्। ‘मलाई कोरोना लाग्यो भने सार्वजनिक गर्छु, तपाइँ के गर्नुहुन्छ?’, उनले भनिन्। त्यसयता उनले निरन्तर कोरोना भाइरस (कोभिड—१९) सम्बन्धी चेतना फैलाउने सामग्री मात्र फेसबुकमार्फत् सार्वजनिक गरिन्।

डाक्टर र सरुवा रोग विशेषज्ञहरुसँग उनले फेसबुक लाइभमा अन्तर्वार्ता गरिन्।

एक साता अगाडि उनले आफ्नो फेसबुक वालमा लेखिन्, ‘म पूरै साढे ३ घण्टा कामेको कामेइ भएँ। भमिट होलाजस्तो भयो। छाति अलिअलि दुख्यो र केही मिनेट श्वास फेर्न गाह्रो भयो।’ यो पोष्ट उनले कोरोनातर्फ संकेत गर्दै सार्वजनिक गरेकी थिइन्। त्यसको भोलिपल्ट वैशाख ३ गते उनले चिकित्सकले कोरोना शंका गरी औषधि चलाएको बताइन्।

यो बीचमा उनले गरेको कोरोना परीक्षण गरिन्। नतिजा नेगेटिभ आयो।

त्यसयता सच्ची घरमै आइसोलेसनमा आराम गर्दै आएकी थिइन्। नेपाली समयअनुसार सोमबार बिहान अर्को पोष्ट गर्दै उनले भनेकी छिन्, ‘नतिजा नेगेटिभ हुँदा पनि अलिअलि छाति दुख्ने श्वास फेर्न गाह्रो हुने समस्याले नतिजा नेगेटिभ आएको केही घन्टामै मलाई आज इमर्जेन्सी पुर्यायो।’

लक्षणहरु अझै नसकिएकाले ‘फल्स नेगेटिभ रिपोर्ट’ हुनसक्ने शंका डाक्टरले गरेको उनले जनाएकी छिन्। ‘लक्षण निरन्तर रहे फेरि टेस्ट गराउनु पर्छ भनेर डाक्टरले जानकारी दिएका छन्। अहिले एन्टिबायोटिक चलाएको छ’, उनले भनेकी छिन्।

आफू निको हुने प्रक्रियामा रहेको र अझै आइसोलेसनमै रहेको भन्दै उनले भनेकी छिन्, ‘म स्वस्थ हुने क्रममा छु। सायद संघर्ष अब धेरै बाँकी नरहला।’

एक दशकभन्दा लामो समयदेखि अमेरिका बसोबास गर्दै आएकी सच्ची मैनाली स्वर्गीय हाँस्यकलाकार गोपालराज मैनालीकी छोरी तथा नायिका सज्जा मैनालीकी दिदी हुन्। नेपाल हुँदा सञ्चार कार्यमा संलग्न उनी पछिल्लो समय अमेरिकामा वासिंगटन डिसी महानगर क्षेत्रबाट सञ्चालित इनेप्लिज न्युज पोर्टलका लागि ‘सच्चीको साथमा’ नामको फेसबुक लाइभ कार्यक्रम सञ्चालन गर्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .