ग्लोबल


हमासद्वारा दुई इजरायली बन्धकको नयाँ भिडिओ जारी

हमासद्वारा दुई इजरायली बन्धकको नयाँ भिडिओ जारी

हमासले जारी गरेको भिडिओमा गाय गिल्बोआ-दलाललाई देख्न सकिन्छ, जो गाजा सहरमा रहेको दाबी गरिएको छ।


नेपालखबर
भदौ २१, २०८२ शनिबार १०:३८, काठमाडौँ

हमासले दुई इजरायली बन्धकलाई देखाइएको नयाँ भिडिओ जारी गरेको छ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने क्रममा हमासले उनीहरूलाई बन्धक बनाएको थियो।

भिडिओमा अगस्ट अन्त्यतिर गाय गिल्बोआ-दलाल गाजा सहरमा रहेको दाबी गरिएको छ।

साथै भिडिओमा आफू र अन्य आठ जनालाई यहाँ बन्धक बनाइएको र इजरायलको स्थल कारबाहीका बाबजुद पनि यहीँ रहने दाबी गरिएको छ। 

भिडिओमा अर्का बन्धक एलोन ओहेल पनि देखिएका छन्।

यसअघि हमासले सार्वजनिक गरेको इजरायली बन्धकहरूको भिडिओलाई विश्वभरका नेता र पीडित परिवारले 'प्रचार' भनेर निन्दा गरेका थिए।

इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-जर्जले गाजालाई पूर्ण रूपमा कब्जा गर्ने एक मात्र तरिका 'बन्धकहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउनु' हो भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad