पाकिस्तानको क्वेटामा बलुचिस्तान नेसनल पार्टी (बीएनपी) को र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
विस्फोटमा घाइते भएका जमान बलुचले कार्यक्रम सकेर साथीलाई पर्खिरहेका बेला अचानक ठूलो विस्फोट भएको बताएका छन्।
उनका अनुसार धेरै मानिस भुइँमा लडिरहेका थिए भने चारैतिर चिच्याहट सुनिएको थियो।
बलुचिस्तान नेसनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलुचका अनुसार यो विस्फोट नवाब नियाज जेहरीको गाडीनजिकै भएको हो।
विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मी पनि मारिएका छन्।
राज्य सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएको छ।
बलुचिस्तानका मुख्यमन्त्री मिर सरफराज बुगटीले घटनाको निन्दा गर्दै विस्फोट 'मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य' भनेका छन्।
45
Shares

प्रतिक्रिया