अस्ट्रेलियाम जारी टप इन्ड टी-२० सिरिजमा पाकिस्तान साहिन्सविरुद्ध नेपाल पहिले बलिङमा उत्रिएको छ।
लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तान साहिन्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेका हो।
अघिल्लो खेलमा आराम गरेका कप्तान रोहित पोडेल, सन्दीप लामिछाने, आसिफ शेख फर्किएका छन् भने भीम सार्की छुटेका छन्।
नेपालले खेलका ५ खेलमध्य ३ मा हार र २ मा जित दर्ता गरेको छ।
नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो।
नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो।
कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपाल ५ खेलमा ४ अंकका छैटौँ स्थानमा छ भने पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ।

Shares

प्रतिक्रिया