ग्लोबल


अलास्का वार्तामा ट्रम्पले पुटिनलाई दिए पत्नी मेलानियाको पत्र

अलास्का वार्तामा ट्रम्पले पुटिनलाई दिए पत्नी मेलानियाको पत्र

मेलानिया ट्रम्प


नेपालखबर
साउन ३१, २०८२ शनिबार २१:१५, काठमाडौँ

अलास्का वार्ताका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती मेलानिया ट्रम्पको पत्र राष्ट्रपति भ्लादिमिर पुटिनलाई हस्तान्तरण गरेका छन्।

यो जानकारी ह्वाइट हाउसका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएका हुन्।

त्यस पत्रमा युक्रेन र रुसमा बालबालिकाले सामना गर्नुपरिरहेको कठिनाइको कुरा छ। 

मेलानिया राष्ट्रपति ट्रम्पको अलास्का भ्रमणमा साथमा थिइनन्। तर अधिकारीहरूले उनको पत्रमा युद्धका बेला बालबालिकाको अपहरणबारे उल्लेख गरेकी छन्। 

युक्रेन सरकारको अनुमानअनुसार फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेयता कम्तीमा १९ हजार ५०० युक्रेनी बालबालिकालाई देश निकाला गरिएको छ। यी बालबालिकालाई रुस वा उसले कब्जा गरेको क्षेत्रमा लगिएको बताइएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले २०२३ मा पुटिन र उनका बाल अधिकार आयुक्त मारिया ल्वोभा-बेलोभाविरुद्ध बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad