ग्लोबल


युक्रेन युद्धबारे अलास्कामा ट्रम्प र पुटिनबीच ३ घण्टा वार्ता

युक्रेन युद्धबारे अलास्कामा ट्रम्प र पुटिनबीच ३ घण्टा वार्ता

नेपालखबर
साउन ३१, २०८२ शनिबार ५:१०, काठमाडौँ

युक्रेन युद्धबारे अमेरिकाको अलास्कामा रुसका राष्ट्रपति पुटिन र अमेरिकाका राष्ट्रपति ट्रम्पबीच भएको लगभग ३ घण्टाको भेटवार्ता भएको छ।

वार्ता सकिएपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ।

भेटवार्ता अलास्काको सबैभन्दा ठूलो सहर एन्कोरेजमा भएको हो। जसमा दुवै देशका प्रतिनिधिमण्डल उपस्थित थिए।

यद्यपि, यो कुराकानीको विवरण सार्वजनिक गरिने छैन।

राष्ट्रपति पुटिन १० वर्षपछि शनिबार (नेपाली समयअनुसार शुक्रबार राति १ बजेपछि) अमेरिका पुगेका थिए।

जहाँ उनलाई बी-२ बमवर्षक विमानले स्वागत गरिएको थियो।

रातो कार्पेटमा पुटिन आइपुग्दा ट्रम्पले ताली बजाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad