अलास्कामा हुन लागेको डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको वार्ता कम्तीमा ६ देखि ७ घण्टासम्म चल्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले बताएका छन्।
‘यो बैठक एउटा नतिजासहित अन्त्य हुनेछ भन्ने आशा रुसी पक्षको छ,’ पेस्कोवले भनेका छन्।
सहयोगीका साथ ट्रम्प र पुटिनबीचको ‘वन अन वन’ वार्ता हुने पनि उनले बताए। यद्यपि कस्ता सहयोगी सो वार्तामा सहभागी हुने छन् भन्ने खुलेको छैन।
यसअघि दोभासेको सहारामा ट्रम्प र पुटिनबीच एक्लाएक्लै वार्ता हुने बताइएको छ।
पेस्कोवका अनुसार स्थानीय समयअनुसार ११ बजे पुटिन अलास्कामा ओर्लिने छन्। जहाँ उनलाई ट्रम्पले स्वागत गर्ने छन्। एजेन्सी
273
Shares

प्रतिक्रिया