ग्लोबल


अमेरिकाले बीएलएलाई आतंकवादी संगठन घोषणा गरेपछि पाकिस्तान खुसी

अमेरिकाले बीएलएलाई आतंकवादी संगठन घोषणा गरेपछि पाकिस्तान खुसी

पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफ


नेपालखबर
साउन २८, २०८२ बुधबार ६:३२, काठमाडौँ

अमेरिकाले बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) र द मजिद ब्रिगेडलाई विदेशी 'आतंकवादी संगठन' घोषणा गरेपछि पाकिस्तान खुसी भएको छ। 

पाकिस्तानले अमेरिकाको उक्त निर्णयको स्वागत गरेको हो। 

पाकिस्तानको विदेश मन्त्रालयले मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, 'पाकिस्तानले २०२४ जुलाई १८ देखि मजिद ब्रिगेडलाई आतंकवादी संगठन घोषणा गरेको छ।'

विज्ञप्तिमा अगाडि भनिएको छ, 'बीएलए र मजिद ब्रिगेड पाकिस्तानमा भएका अन्य आतंकवादी आक्रमणमा पनि संलग्न छन्, जसमा जाफर एक्सप्रेस आक्रमण र खुजदार बस आक्रमण पनि पर्छन्।'

अमेरिकाले सोमबार बीएलए र द मजिद ब्रिगेडलाई 'विदेशी आतंकवादी संगठन' घोषणा गरेको हो।

२०१९ मा धेरै चरमपन्थी आक्रमणपछि अमेरिकाले बीएलएलाई 'विशेष रूपमा तोकिएको विश्वव्यापी आतंकवादी' (एसडीजीटी) संगठनको श्रेणीमा राखेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad