भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आएको छ। बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। बाढीमा ५० बढी व्यक्ति बेपत्ता भएको उल्लेख छ।
उद्धारका लागि उत्तरकाशी जिल्लाको धराली गाउँमा सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ। बाढीका कारण सडक, भवन डुबानमा परेका छन्। पर्यटकीय क्षेत्रका रूपमा परिचित होटल, रिसोर्ट र रेस्टुरेन्ट पूर्णरुपमा क्षति ग्रस्त भएका छन्।
स्थानीय समयानुसार, मंगलबार दिउँसो १:३० बजे एक्कासि बाढी आएको हो। बाढीले जनजीवन अस्तव्यस्त बनेको छ भने सञ्चार सम्पर्क टुटेको छ। बाढीबाट प्राचीन कल्पकेदार मन्दिर पनि पुरिएको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले बाढीमा फसेकाको उद्धारकार्य जारी रहेको बताएका छन्।
कुदरत ना हिन्दू देखता है और ना ही मुस्लिम।
इससे ही कुछ सिख लो 🙏🙏#Uttarakhand pic.twitter.com/Ukoi5oFD1G — INC NEWS (@TheIncNews) August 5, 2025
पर्यटकीय गन्तव्यका रूपमा पर्ख्यात त्यस क्षेत्रमा भारतीय सेनाको अड्डा र अर्धसैनिक बल इन्डो–तिब्बती सीमा बलको क्याम्पसमेत छ। भारतीय सेना र इन्डो-तिब्बती सीमा प्रहरीका कर्मचारी विपद् स्थलमा पुगे पनि निरन्तरको भारी वर्षाले उद्धारकार्य प्रभावित बनेको बीबीसीले जनाएको छ।

Shares

प्रतिक्रिया