ग्लोबल


अमेरिकामा विमान अवतरण गर्नेबित्तिकै यौन उत्पीडन आरोपमा पाइलट पक्राउ

अमेरिकामा विमान अवतरण गर्नेबित्तिकै यौन उत्पीडन आरोपमा पाइलट पक्राउ

नेपालखबर
साउन १५, २०८२ बिहिबार १०:३१, काठमाडौँ

अमेरिकाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान अवतरण गर्नेबित्तिकै पाइलटलाई पक्राउ गरिएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेल्टा एयरलाइन्सको विमान आइतबार बिहान ७ बजेतिर अवतरण गर्नासाथ यौन उत्पीडनको आरोपमा को-पाइलट ३४ वर्षीय रुस्टम भागवगरलाई गिरफ्तार गरिएको हो। 

उनी भारतीय मूलका व्यक्ति भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

कन्ट्रा कोस्टा काउन्टी सेरिफ विभागका अधिकारी र होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनका एजेन्टले मिनियापोलिसबाट आइपुगेको केही समयपछि डेल्टा फ्लाइट २८०९, बोइङ ७५७-३०० को ककपिटमा प्रवेश गरी पाइलट भागवरलाई नियन्त्रणमा लिएका हुन्। 

प्रत्यक्षदर्शीहरूले विमान रोकिनेबित्तिकै कम्तीमा १० जना एजेन्ट विमानमा चढेर पाइलटलाई हिरासतमा लिएको बताएका छन्।

एक यात्रुले सान फ्रान्सिस्को क्रोनिकललाई भनेका छन्, ‘अधिकारीहरू र एजेन्टहरू ब्याज, बन्दुक र ज्याकेट/विभिन्न एजेन्सीहरूको चिन्हसहित करिडोरबाट ककपिटमा प्रवेश गरे र सह-पाइलटलाई हथकडी लगाएर लगे।’

रुस्टम भाग्वागरका सहचालकले घटनाले आफू स्तब्ध भएको बताएका छन्। 

कन्ट्रा कोस्टा सेरिफको फेसबुक पोस्टअनुसार, एक बालिकाविरुद्ध यौन अपराध गरेको रिपोर्ट प्राप्त भएपछि जासुसहरूले अप्रिलदेखि उनको अनुसन्धान गरिरहेका छन्। पक्राउ पुर्जी जारीपछि ती पाइलटलाई पक्राउ गरिएको हो। 

अप्रिलमा १० वर्षमुनिका बालिकासँग मौखिक सम्भोगका पाँचवटा घटनामा संलग्न देखिएपछि भागवरलाई पक्राउ गरिएको हो। 

उनी हाल मार्टिनेज डिटेन्सन फेसिलिटीमा छन् र जमानत ५० लाख डलर तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad