विवादित भिडिओ सार्वजनिक भएपछि अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरकी चिफ पिपल अफिसर क्रिस्टिन क्याबोटले पनि राजीनामा दिएकी छन्।
कोल्डप्लेको कन्सर्टमा भाग लिने क्रममा एस्ट्रोनोमरका तत्कालीन सीईओ एन्डी ब्रायनसँग उनले आलिंगन गरिरहेको भिडिओ भाइरल भएको थियो।
त्यसपछि विवादमा परेका सीईओ ब्रायनले यसअघि नै राजीनामा दिइसकेका छन्।
अहिले क्याबोटले पनि राजीनामा दिएको बीबीसीले जनाएको छ।
म्यासाचुसेट्सको जिलेट स्टेडियममा आयोजित कोल्डप्ले कन्सर्टका क्रममा स्टेडियमको ठूलो पर्दामा अचानक उनीहरू एकअर्काको अँगालोमा देखिएका थिए भने लगत्तै लुकेका थिए।
438
Shares

प्रतिक्रिया