अमेरिकाको लस एन्जलसको काउन्टी सेरिफ विभागको तालिम केन्द्रमा विस्फोट हुँदा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार यो विस्फोट शुक्रबार बिहान ७:३० बजे (स्थानीय समय) भएको हो।
अमेरिकाका महान्यायाधिवक्ता पाम बोन्डीले एक्समा घटनालाई 'भयानक' भन्दै तीन अधिकारीको मृत्यु भएको पुष्टि गरेकी छन्।
उनले घटनाबारे अनुसन्धान भइरहेको बताएकी छन्। विस्फोटको कारण खुलसकेको छैन।
129
Shares

प्रतिक्रिया