ग्लोबल


इजरायलद्वारा सिरियाली सेनाको मुख्यालयमा भीषण आक्रमण (भिडिओ)

इजरायलद्वारा सिरियाली सेनाको मुख्यालयमा भीषण आक्रमण (भिडिओ)

नेपालखबर
असार ३२, २०८२ बुधबार २०:३८, काठमाडौँ

इजरायलले आफ्नो सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा बुधबार आक्रमण गरेको बताएको छ।

सिरियाली स्वास्थ्य मन्त्रालयले हमलामा १ जनाको मृत्यु र १८ व्यक्ति घाइते भएको बताएको छ।

सिरियाली सेनाको मुख्यालयमा बुधबार इजरायलले आक्रमण गर्दा देखिएको धुवाँको मुस्लो।

इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले भने, ‘चेतावनीको समय सकिएको छ, अब बलियो र पीडादायी आक्रमण गरिनेछ।’

इजरायलले दक्षिण-पश्चिम सिरियामा ड्रुज समुदायका मानिसहरूलाई जोगाउन प्रयास गरिरहेको बताएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने, ‘हामी हाम्रा ड्रुज दाजुभाइलाई बचाउन र सिरियाली शासनको गिरोहलाई अन्त्य गर्न काम गरिरहेका छौँ।’

उनले ड्रुज समुदायका इजरायली सदस्यलाई सीमा पार गरेर सिरिया नजान पनि अपिल गरेका छन्।

दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा सिया ड्रुज र सुन्नी बेदुइन समुदायबीच ४ दिनदेखि हिंसात्मक लडाइँ जारी छ। यसमा २५० जनाको मृत्यु भएको छ।

इजरायलका रक्षामन्त्री काट्जले सिरियाली सेनालाई देशको दक्षिणी भागबाट फिर्ता हुनुपर्ने चेतावनी दिएका थिए। यो नभएसम्म इजरायली सेनाले आक्रमण जारी राख्ने बताएका थिए।

स्वेइदामा चार दिनको लडाइँपछि मंगलबार युद्धविराम घोषणा गरिएको थियो, तर बुधबार फेरि हिंसा भड्कियो।

सिरियाली सरकारले आक्रमणको निन्दा गर्दै 'आपराधिक र अवैध व्यवहार' भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad