ग्लोबल


गोप्य योजनाअन्तर्गत हजारौँ अफगानी पुगे बेलायत

गोप्य योजनाअन्तर्गत हजारौँ अफगानी पुगे बेलायत

अफगानिस्तानमा हाल तालिबान सत्तामा छ।


नेपालखबर
असार ३२, २०८२ बुधबार ४:५९, काठमाडौँ

गोप्य योजनाअन्तर्गत हजारौँ अफगानी नागरिक बेलायत पुगेका छन्। एक बेलायती अधिकारीले अनजानमा यी अफगानी नागरिकहरूको डेटा चुहावट गरेपछि यो कुरा प्रकाशमा आएको हो।

फेब्रुअरी २०२२ मा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि बेलायत जान आवेदन दिएका करिब १९ हजार व्यक्तिको व्यक्तिगत जानकारी चुहावट भएको हो।

यस विषयमा अघिल्लो बेलायती सरकारले अगस्ट २०२३ मा थाहा पाएको थियो। नौ महिनापछि नयाँ पुनर्वास योजना बनाइएको थियो।

यस योजनाअन्तर्गत ४,५०० अफगानी नागरिक बेलायत पुगेका छन्। ६०० थप व्यक्ति र उनीहरूका परिवार अझै बेलायत पुग्न सकेका छैनन्।

चुहावटको अस्तित्व र पुनर्वास योजना तीन वर्षभन्दा बढी समयदेखि गोप्य राखिएको थियो।

यो प्रमुख डेटा उल्लंघनको विवरण र परिणामस्वरूप बेलायतमा बस्न पाउने अफगानीहरूको संख्या मंगलबार सार्वजनिक गरिएको थियो।

चुहावट भएको विवरणमा तालिबानबाट सम्भावित जोखिममा परेकाहरूको नाम, सम्पर्क र केही पारिवारिक जानकारी छ। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad