ग्लोबल


ट्रम्पलाई ब्राजिलको जवाफ: कुनै पनि करविरुद्ध लड्न तयार

ट्रम्पलाई ब्राजिलको जवाफ: कुनै पनि करविरुद्ध लड्न तयार

फाइल तस्बिर: ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
असार २७, २०८२ शुक्रबार ७:३६, काठमाडौँ

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकाले आफ्नो देशलाई लगाएका कुनै पनि करविरुद्ध लड्न तयार रहेको बताएका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलका सामानमा ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्।

त्यसपछि लुला दा सिल्भाको प्रतिक्रिया आएको हो। 

ट्रम्पले एक पत्रमा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोप्रति गरिएको व्यवहारलाई कर वृद्धिको कारणका रूपमा उल्लेख गरेका छन्।

बोल्सोनारोले ब्राजिलमा २०२२ को आम चुनावको नतिजा उल्टाएको आरोप छ। यस विषयमा उनीविरुद्ध मुद्दा चलिरहेको छ।

ब्राजिल अमेरिकाको १५औँ ठूलो व्यापारिक साझेदार हो र अमेरिकाबाट यसको मुख्य आयातमा खनिज इन्धन, विमान र मेसिनरी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad