अमेरिकाको टेक्ससमा आएको बाढीमा मृत्यु भएकाको संख्या बढिरहेको छ।
अधिकारीहरूका अनुसार बाढीका कारण राज्यभरि मृत्यु भएकाको संख्या १०७ पुगेको हो।
केर काउन्टीका सेरिफ ल्यारी लेथाले काउन्टीमा मात्र ८७ जनाको मृत्यु भएको बताए। जसमा ५६ वयस्क र ३१ बालबालिका छन्।
केर काउन्टी बाढीले सबैभन्दा बढी असर गरेको ठाउँ हो। टेक्ससका अन्य काउन्टीमा बाढीबाट मृत्यु भएकाले राज्यमा मृतकको कुल संख्या १०७ पुगेको हो।
केही शव उनीहरूका आफन्तलाई हस्तान्तरण गरिएको छ। १९ वयस्क र ७ बालबालिकाको शव पहिचान हुन बाँकी छ।
बाढीमा अझ धेरै जना बेपत्ता रहेको बीबीसीले जनाएको छ। उनीहरूको खोजी जारी छ।
यसैबीच केरभिल प्रहरी विभागका जोनाथन ल्याम्बले असुरक्षाका कारण केही सडक बन्द गरिएको बताए। उनले स्थानीयहरूलाई अनावश्यक रूपमा यात्रा नगर्न सल्लाह दिएका छन्।
Shares

प्रतिक्रिया