अमेरिकाको टेक्ससमा बाढीले विनाश गरेको छ।
अधिकारीहरूका अनुसार ग्वाडालुप नदीमा आएको बाढीमा परी मृत्यु भएकाको संख्या ५१ पुगेको छ।
सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ १५ बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ।
बाढीले टेक्सस राज्यका धेरै क्षेत्र डुबानमा परेका छन्। मानिसहरूको बिजोग भएको छ।
बाढीको पानी लोकप्रिय समर क्याम्प क्याम्प मिस्टिकमा पसेको छ।
यस क्रिस्चियन शिविरबाट २७ किशोरी बेपत्ता भएका छन्। उनीहरूको खोजी जारी छ।
अधिकारीहरूका अनुसार, लगभग दुई दर्जन शिविरका मानिस बेपत्ता छन्। जसको संख्या अहिले अनुमान गर्न गाह्रो छ।
टेक्सस आपत्कालीन व्यवस्थापन विभागका प्रमुख निम किडले हवाई, जमिन र पानीमा खटिएका टोलीहरूले ग्वाडालुप नदीमा मानिसहरूको खोजी गरिरहेका छन्।
ग्वाडालुप नदीको पानीको सतह केवल ४५ मिनेटमा ८ मिटरले बढ्दा अवस्था निकै भयावह बनेको हो। नदीको पानी अचानक वृद्धि भएको भयानक दृश्य सीसीटीभी भिडिओमा कैद भएको छ।
❗️UPDATE: 37 now DEAD in Texas floods — AP https://t.co/6byrF9m3MP pic.twitter.com/GxJOO5L7TR
— RT (@RT_com) July 5, 2025
Shares

प्रतिक्रिया