ग्लोबल


इजरायलसँग युद्धयता इरानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक कार्यक्रममा

इजरायलसँग युद्धयता इरानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक कार्यक्रममा

नेपालखबर
असार २२, २०८२ आइतबार १०:०, काठमाडौँ

इजरायलसँग द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापरेका छन्। 

इरानको सरकारी टेलिभिजनबाट प्राप्त भिडिओमा उनी सिया मुस्लिमका लागि सबैभन्दा महत्त्वपूर्ण दिन आशुराको पूर्वसन्ध्यामा शनिबार मस्जिदमा पूजा गर्नेहरूलाई अभिवादन गर्दै गरेको देखिएको हो। 

यसअघि खामेनी रेकर्ड गरिएका भिडिओमार्फत मात्र देखिएका थिए।

गत जुन १३ मा इजरायलले इरानमा आक्रमण गरेपछि दुई देशबीच हवाई लडाइँ परेको थियो।

इजरायलको आक्रमणमा इरानका धेरै जना शीर्ष कमान्डर र आणविक वैज्ञानिक मारिए।

तर १२औँ दिनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि इजरायल-इरान द्वन्द्व रोकिएको हो। 

युद्धका बेला खामेनी तीनपटक भिडिओ सन्देशमा देखापरे। यस अवधिमा उनी बंकरमा लुकेको अनुमान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad