समाज


खोलामा डुबेर ९ र ११ वर्षका २ बालकको मृत्यु

खोलामा डुबेर ९ र ११ वर्षका २ बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८२ आइतबार १०:२५, सुनसरी

इटहरीको जब्दीस्थित मुरा खोलामा डुबेर दुईजना बालककाे मृत्यु भएकाे छ। पौडी खेल्ने क्रममा खाेलामा डुबेर उनीहरूकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगेन्द्र खतिवडाका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर परियार छन्। उनीहरू शनिबार खाेलामा डुबेका हुन्। 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेकाे थियाे।

दुवै बालकलाई खाेलाबाट निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्याउँदा चिकित्कले मृत घाेषणा गरेका हुन्।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएाे दाहालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad