ग्लोबल


शेख हसिनालाई सुनाइयो जेल सजाय

शेख हसिनालाई सुनाइयो जेल सजाय

फाइल तस्बिर: शेख हसिना


नेपालखबर
असार १८, २०८२ बुधबार १९:७, काठमाडौँ

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ।

गत वर्ष जुलाईमा बंगलादेशमा तत्कालीन सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलन चर्किएपछि हसिना सत्ता छाड्दै भाग्नुपरेको थियो। त्यसबेलादेखि उनी भारतको शरणमा छिन्। 

त्यसयता शेख हसिनालाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलोपटक हो।

मुद्दाका अर्का प्रतिवादी शकिल अकन्द बुलबुललाई भने दुई महिनाको जेल सजाय सुनाइएको छ।

मुख्य अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, ‘यो सजाय उन (शेख हसिना) ले आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उनलाई पक्राउ गरेको दिनदेखि लागु हुनेछ।’

यसअघि मुख्य अभियोजक ताजुल इस्लामले शेख हसिनाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए।

सामाजिक सञ्जालमा एउटा अडिओ भाइरल भएको थियो। 

जसमा हसिनाले यसो भनिरहेको सुनिएको थियो, ‘मेराविरुद्ध २२७ मुद्दा दर्ता भएका छन्, जसको अर्थ मसँग २२७ जनालाई मार्ने इजाजतपत्र छ।’

मुख्य अभियोजकले त्यो आवाज एआईको नभएको दाबी गरेका छन्।

इस्लामले भने, ‘सीआईडीको फोरेन्सिक रिपोर्टको विश्लेषण र सबैको तर्क सुनेपछि अदालतले यो विवादास्पद कुरामार्फत शेख हसिनाले ती व्यक्तिहरूको हत्या गरेको र घर जलाइदिएको निष्कर्ष निकालेको छ, जो साक्षी वा अनुसन्धान अधिकारी थिए र मुद्दा प्रक्रियामा संलग्न थिए।’

‘यो अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐनअन्तर्गत यस न्यायाधिकरणको विचाराधीन कारबाहीमा प्रभाव पार्ने अपराध हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad