जापानको राजधानी टोकियोबाट भारतको राजधानी दिल्लीका लागि उडेको एयर इन्डियाको विमान आइतबार साँझ कोलकाता डाइभर्ट गर्नुपरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार क्याबिनमा लगातार तापक्रम बढेपछि एयर इन्डियाको टोकियो-दिल्ली उडान ए-आई३५७ कोलकाता डाइभर्ट गर्नुपरेको हो।
टोकियोको हनेदा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।
तर क्याबिन लगातार तातेपछि सुरक्षाका लागि विमान कोलकातामै अवतरण गराइएको हो।
विमान सुरक्षित रूपमा कोलकातामा अवतरण गरेपछि प्राविधिकले चेकजाँच गरेका थिए।
एयर इन्डियाले यात्रुहरूलाई सकेसम्म चाँडो दिल्ली पुर्याउन वैकल्पिक व्यवस्था गरिएको जनाएको छ। साथै असुविधाका लागि माफी पनि मागेको छ।
3.2k
Shares

प्रतिक्रिया