ग्लोबल


इरानमा अमेरिकी आक्रमणको कडा निन्दा गर्छौँ: चीन

इरानमा अमेरिकी आक्रमणको कडा निन्दा गर्छौँ: चीन

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियान


नेपालखबर
असार ८, २०८२ आइतबार २०:३१, काठमाडौँ

चीनले इरानमा अमेरिकाले गरेको आक्रमणको कडा निन्दा गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गरी अमेरिकाले इरानका आणविक केन्द्रमा गराएको बम विस्फोटको विरोध गरेका हुन्। 

उनले लेखेका छन्, ‘इरानमा अमेरिकी आक्रमण र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानीमा रहेका आणविक केन्द्रहरूमा बमबारीको कडा निन्दा गर्दछ।’

उनले अगाडि लेखेका छन्, ‘अमेरिकाको यो कार्य संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका उद्देश्य र सिद्धान्तको गम्भीर उल्लंघन हो र यसले मध्यपूर्वमा तनावलाई अझ बढाएको छ।’

चीनले द्वन्द्वमा संलग्न सबै पक्ष, विशेष गरी इजरायललाई सकेसम्म चाँडो युद्धविराम गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न र वार्ता सुरु गर्न अपिल गरेको छ। 

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानको वक्तव्यअनुसार चीन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न, न्याय कायम राख्न र मध्यपूर्वमा शान्ति र स्थिरता पुनर्स्थापित गर्न तयार छ।

अमेरिकाले शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूमा आक्रमण बम हानेको थियो। 

जसले इरान र इजरायलबीचको द्वन्द्व थप फैलिने खतरा बढेको छ।

इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति हमला गरेको हो। 

इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।  

इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिएका छन्। 

यसैबीच संयुक्त राष्ट्रसंघले इरानमा अमेरिकाको आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरेको छ। 

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ। 

यहीबीच अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad