भारतीय प्रान्त उत्तर प्रदेशको बुलन्दसहरमा कारमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार कारमा आगो लाग्दा कारभित्र ६ जना थिए। तीमध्ये पाँच जना जिउँदै जलेका हुन्। एक जना गम्भीर घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ।
प्रहरीले सबै शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। जलेर मृत्यु हुनेहरू एउटै परिवारका भएको बताइएको छ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा कारमा रहेका सबै जना सहस्वानमा विवाहमा भाग लिएर दिल्ली फर्किरहेका थिए भन्ने कुरा खुलेको छ।
प्रहरी र दमकल विभागको टोलीले घाइते अवस्थामा एक युवतीलाई उद्धार गरेको छ।
प्रहरीका अनुसार यो दुर्घटना बुलन्दसहरको जहांगिराबाद प्रहरी चौकी क्षेत्रको जानीपुर चन्दौसा गाउँनजिकै भएको हो।
घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।
Shares

प्रतिक्रिया