ग्लोबल


भारतमा बेलायती लडाकु विमानले गर्‍यो आपत्‌कालीन अवतरण

भारतमा बेलायती लडाकु विमानले गर्‍यो आपत्‌कालीन अवतरण

भारतको केरलास्थित विमानस्थलमा अवतरण गरेको बेलायती लडाकु विमान। तस्बिर: नवभारत टाइम्स


नेपालखबर
असार १, २०८२ आइतबार १३:४१, काठमाडौँ

भारतमा एक बेलायती लडाकु विमानले आपत्‌कालीन अवतरण गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय राज्य केरलास्थित तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा बेलायती लडाकु विमानले शनिबार राति ९.३० बजे आपत्‌कालीन अवतरण गरेको हो।

यो लडाकु विमानमा इन्धन धेरै कम थियो। त्यसैले अप्रिय अवस्था नआओस् भनेर विमान आपत्‌कालीन अवतरण गर्नुपरेको बताइएको छ। 

त्यो लडाकु विमान एफ ३५ हो, जुन बेलायती नौसेनाले प्रयोग गर्छ।

उड्दाउड्दै पाइलटले इन्धन कम भएको थाहा पाएपछि भारतसँग आपत्‌कालीन अवतरणका लागि अनुमति मागेका थिए।

यो खबर प्रकाशन गर्दासम्म बेलायती लडाकु विमान तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमै पार्किङ गरिएको छ। 

भारत सरकारबाट स्वीकृति पाएपछि यसमा इन्धन भरिनेछ र पुन: उडान गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad