समाज


नागढुङ्गा माइक्रो दुर्घटना : ११ नेपाली र १० भारतीय घाइते(सूची)

नागढुङ्गा माइक्रो दुर्घटना : ११ नेपाली र १० भारतीय घाइते(सूची)

नेपालखबर
जेठ ३१, २०८२ शनिबार १९:३८, काठमाडौँ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ।
 
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई शनिबार अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो। उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २१ जना सवार थिए। जसमा चालकसहित ११ जना नेपाली र १० जान भारतीय छन्।
 
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

यी हुन दुर्घटनाका घाइते :

सवारी चालक:अनिल तामाङ, उमेर ४३ वर्ष, जिल्ला नुवाकोट, ककनी गाउँपालिका–३
नेपाली नागरिक घाइते:
सक्षम अधिकारी, १६ वर्ष – बायाँ खुट्टाको गोडामा चोट
सुजाता अधिकारी, ४१ वर्ष – टाउको, खुट्टा र कुना (शारीरिक भाग) मा चोट
अञ्जिला शाह, २१ वर्ष – नारायणगढ, भरतपुर–११, चितवन – सामान्य अवस्था
सुवीदा मल्ल, २४ वर्ष – मध्यम चोट
ईश्वर थापा, ५० वर्ष – चितवन – सामान्य अवस्था
गणेश पौडेल, ५८ वर्ष – कावासोती – सामान्य अवस्था
सन्त बहादुर थापा, ४० वर्ष – चितवन – सामान्य अवस्था
सुनिल श्रेष्ठ, २५ वर्ष – चितवन – सामान्य अवस्था
प्रशान्त अधिकारी, — चितवन – सामान्य अवस्था
प्रयास गुरुङ, १६ वर्ष – नारायणगढ, चितवन – सामान्य अवस्था
भारतीय नागरिक घाइते:
रिन्कु देवी, २४ वर्ष – बिहार, पटना – बायाँ हातमा चोट
रवि कुमार, ४९ वर्ष – पटना, बिहार – सामान्य अवस्था
सार्थक कुमार, ५ वर्ष – बिहार – सामान्य अवस्था
मानवी कुमार, २ वर्ष – बिहार – सामान्य अवस्था
डब्लु कुमार, २८ वर्ष – सामान्य अवस्था 
राज कुमार, १८ वर्ष – पटना, बिहार – सामान्य अवस्था
शिव कुमार, १६ वर्ष – बिहार – सामान्य अवस्था
प्रञ्जल कुमार, ८ वर्ष – सामान्य अवस्था
निश्चल कुमार, १४ वर्ष – पटना, बिहार – सामान्य अवस्था
रितु कुमारी, २८ वर्ष – पटना – सामान्य अवस्था

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad