ग्लोबल


फेला पर्‍यो मेघालयमा हराएका हनिमुन जोडीको सीसीटीभी फुटेज

फेला पर्‍यो मेघालयमा हराएका हनिमुन जोडीको सीसीटीभी फुटेज

सीसीटीभी फुटेजमा राजा र सोनम


नेपालखबर
जेठ २५, २०८२ आइतबार ६:४१, काठमाडौँ

भारतीय राज्य मध्य प्रदेशको इन्दौरबाट हनिमुन मनाउन मेघालय जाँदा बेपत्ता भएकी सोनम र मृत भेटिएका उनका पति राजा रघुवंशीको सीसीटीभी फुटेज फेला परेको छ। 

मेघालयको शिलोङबाट सार्वजनिक सीसीटीभी फुटेज मे २२ को भएको भनिएको छ। जसमा राजा र सोनम होटलबाहिर लगभग ४ मिनेट ५३ सेकेन्डसम्म देखिएका छन्। जसमा राजा र सोनम कालो ज्याकेटमा र सेतो सुटकेस लिएर होमस्टेमा आइपुगेको देखाइएको छ। राजा होटलका कर्मचारीहरूसँग कुरा गर्न दर्ता डेस्कमा जान्छन्। त्यसअघि हनिमुन जोडी एकअर्कासँग कुरा गर्छन्। सोनमले आफ्नो ज्याकेट फुकालेर कपाल मिलाएको देखिन्छ। केही समयपछि राजा बाहिर निस्कन्छन् र सुटकेसबाट केही सामान निकालेर र सोनमलाई दिन्छन्। 

फुटेजमा सोनमले रेनकोट र सेतो सर्ट लगाएको देखिन्छ, जुन राजाको शव नजिकै भेटिएको जस्तै छ।। खोजी टोलीले जंगलमा यस्तै खालको ज्याकेट फेला पारेको थियो। त्यसमा रगतका दाग थिए। प्रहरीले यो फुटेजलाई महत्त्वपूर्ण सुरागका रूपमा हेरिरहेको छ।

राजा र सोनमले मे ११ मा इन्दौरमा विवाह गरेका थिए। त्यसपछि उनीहरू मे २० मा हनिमुनको लागि शिलोङ गएका थिए। तर मे २३ पछि परिवारसँग उनीहरूको सम्पर्क टुटेको थियो। प्रहरीलाई जानकारी गराएपछि खोजीका क्रममा ११ दिनपछि राजा रघुवंशीको शव गहिरो खाडलमा भेटिएको थियो। उनकी श्रीमती सोनमको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन। 

सोहरा क्षेत्रको नोङ्ग्रियत गाउँमा रहेको होमस्टेबाट बाहिर निस्केको केही घण्टापछि मे २३ मा राजा रघुवंशी (२९) र उनकी श्रीमती सोनम बेपत्ता भएका थिए। राजाको शव भेटिए पनि सोनम बेपत्ता छिन्। उनको खोजी जारी छ।

हेर्नुहोस् सीसीटीभी फुटेज-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad