ग्लोबल


केदारनाथ जाँदै गरेको हेलिकप्टर सडकमै आपत्‌कालीन अवतरण, कारमा ठोकियो

केदारनाथ जाँदै गरेको हेलिकप्टर सडकमै आपत्‌कालीन अवतरण, कारमा ठोकियो

नेपालखबर
जेठ २४, २०८२ शनिबार १६:१९, काठमाडौँ

शनिबार दिउँसो भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एउटा हेलिकप्टर सडकमा आपत्‌कालीन अवतरण गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको यो हेलिकप्टर ५ यात्रु लिएर केदारनाथ जाँदै थियो।

तर प्राविधिक गडबडी देखिएपछि पाइलटले हेलिकप्टरलाई सडकमै अवतरण गराएका हुन्। 

घटनाको जानकारी पाउनेबित्तिकै प्रशासनले घटनास्थलमा टोली पठाएर हेलिकप्टर सडकबाट हटाएको थियो। 

जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवा नोडल अधिकारी राहुल चौबेले भने, ‘केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको हेलिकप्टर बारासुस्थित आफ्नो आधारबाट ५ यात्रु लिएर केदारनाथ धामका लागि उडान भरिरहेको थियो। यस क्रममा हेलिकप्टरमा केही प्राविधिक गडबडी भयो।’

उनले थपे, ‘पाइलटले समयमै समस्या थाहा पाए र नजिकै खाली बाटो देखेपछि आपत्‌कालीन अवतरण गराए। हेलिकप्टरमा रहेका पाँचै यात्रु सुरक्षित छन्, पाइलटलाई भने सामान्य चोट लागेको छ।’

राहुल चौबेका अनुसार आपत्‌कालीन अवतरणका क्रममा सडकमा पार्क गरिएको कारमा क्षति भएको छ। 

भिडिओ हेर्नुहोस्:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad