समाज


इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा

इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ २२, २०८२ बिहिबार २१:१, काठमाडौँ

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस लिएको अख्तियारको आरोप छ। 

आयोगको टंगालबाट खटिई गएको टोलीले यादवलाई सेवाग्राहीबाट ५ लाख ७० सत्तरी हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

यस्तै, यादवले निर्माणाधीन सडकको पाँचौ रनिङ्ग बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया सम्बन्धी काम अघि बढाइदिए वापत सेवाग्राहीसँग यही जेठ ८ गते १ लाख र पुनः छैटौं रनिङ बिल भुक्तानीको लागि जेठ १ गते ५ लाख ७० हजार गरी जम्मा ६ लाख ७० हजार रुपैयाँ लिएको अख्तियारले जनाएको छ। 

उनीविरुद्ध सो रकम बराबर बिगो कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad