ग्लोबल


इजरायलको दाबी: सिरियाका हतियार भण्डारमा हमला गर्‍यौँ

इजरायलको दाबी: सिरियाका हतियार भण्डारमा हमला गर्‍यौँ

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारा


नेपालखबर
जेठ २१, २०८२ बुधबार ९:४३, काठमाडौँ

इजरायलले सिरियामा रहेका हतियार भण्डारहरूमा आक्रमण गरेको दाबी गरेको छ।

मंगलबार सिरियाबाट इजरायलमा दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट आएको केही घण्टापछि यो आक्रमण गरिएको हो।

सिरियाली विदेश मन्त्रालयले दक्षिणी सिरियामा इजरायली आक्रमणले 'भारी जनधन क्षति' भएको बताएको छ।

मन्त्रालयले इजरायलले क्षेत्रलाई अस्थिर बनाउन खोजेको आरोप पनि लगाएको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलमा गरिएका क्षेप्यास्त्र आक्रमणका लागि सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारालाई जिम्मेवार ठहराएको छ। 

दुई देशबीच वैमनस्य कम गर्न हालै भएको अप्रत्यक्ष वार्ताका बाबजुद इजरायलले सिरियामा आक्रमण बढाएको छ।

विशेष गरी डिसेम्बर २०२४ मा अल-शाराले बशर अल-असदको सरकारलाई सत्ताबाट हटाउने विद्रोही आक्रमणको नेतृत्व गरेपछि इजरायलले सिरियामा हमला गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad