ग्लोबल


सिक्किममा पहिरोमा परी ३ सैनिकको मृत्यु, ६ बेपत्ता

सिक्किममा पहिरोमा परी ३ सैनिकको मृत्यु, ६ बेपत्ता

घटनास्थल


नेपालखबर
जेठ १९, २०८२ सोमबार १९:३६, काठमाडौँ

आइतबार राति सिक्किममा पहिरो जाँदा कम्तीमा तीन जना सेनाका जवानको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन्।

बीबीसी हिन्दीका अनुसार यो घटना मंगन जिल्ला (उत्तरी सिक्किम) को चातेन क्षेत्रमा भएको हो।

त्यहाँको एक सैनिक शिविरमा पहिरो खसेको हो। जसमा परी ४ सैनिक घाइते पनि भएका छन्। बेपत्ता सैनिकको खोजी जारी छ।

मंगन जिल्लाको चुङथाङका उपविभागीय प्रहरी अधिकारी अरुण थटलले पत्रकारहरूलाई भने, ‘लाचेन नदीको बढ्दो पानीको सतहका कारण सेनाको क्याम्प पहिरोमा परेको छ। तीन सैनिकको शव निकालिएको छ। बेपत्ता सैनिकहरूको खोजी जारी छ।’

चाटेन लाचेनबाट लगभग तीन किलोमिटर टाढा छ। त्यहाँ बारम्बार पहिरो जान्छ। यस क्षेत्रमा धेरैवटा सैनिक क्याम्प छन्।

आइतबा राति सिक्किमस्थित सैनिक क्याम्पमा खसेको पहिरो।

आइतबार रातिको पहिरोमा परी सेनाका हवलदार लखविन्दर सिंह, लान्स नायक मुनिष ठाकुर र भरिया अभिषेक लख्दाको मृत्यु भएको हो। 

भारी वर्षा र पहिरोका कारण उत्तरी सिक्किमको मंगन क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ।

यसैबीच मे ३१ देखि यस क्षेत्रमा फसेका लगभग १५०० पर्यटकलाई सोमबार सुरक्षित रूपमा बाहिर निकालिएको छ।

मंगन जिल्लाका मजिस्ट्रेट अनन्त जैनका अनुसार, अझै १५० पर्यटक लाचेनमा फसेका छन्। तर उनीहरू होटलहरूमा सुरक्षित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad