समाज


सशस्त्र प्रहरीमा सहायक हवल्दारदेखि वरिष्ठ सइसम्म २ हजार जना बढुवा गर्ने तयारी

सशस्त्र प्रहरीमा सहायक हवल्दारदेखि वरिष्ठ सइसम्म २ हजार जना बढुवा गर्ने तयारी

नेपालखबर
जेठ १९, २०८२ सोमबार १९:४१, काठमाडौँ

सशस्त्र प्रहरीमा एकसाथ दुई हजार जनालाई बढुवा गर्ने तयारी भएको छ। जेठ १९ गते सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवल्दारसम्म २ हजार जनाको बढुवा गर्ने गरी सूचना प्रकाशित गरेको हो।

मुख्यालयले सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि बढुवा सूचना प्रकाशित गरेको हो। 

सूचना प्रकाशित गरेको मितिदेखि १० दिन भित्र बढुवा फाराम भर्न भनिएको सहप्रवक्ता शैलेन्द्र थापाले बताए। त्यसैगरी सशस्त्र प्रहरी बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि समेत बढुवा सूचना प्रकाशित गरिएको मितिले १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको छ।

प्रकाशित सूचनाअनुसार बढुवाका लागि योग्य उम्मेदवारले आफुले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी मूल्यांकन फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्नुपर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad