ग्लोबल


ट्रम्पको आरोप: चीनले अमेरिकासँग गरेको कर सम्झौता उल्लंघन गर्‍यो

ट्रम्पको आरोप: चीनले अमेरिकासँग गरेको कर सम्झौता उल्लंघन गर्‍यो

अमेरिकाका राष््ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ


नेपालखबर
जेठ १७, २०८२ शनिबार ५:४४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले दुई हप्ता पुरानो कर सम्झौता उल्लंघनन गरेको आरोप लगाएका छन्।

यस महिनाको सुरुमा अमेरिका र चीनले जेनेभामा अस्थायी रूपमा कर घटाउन सहमति जनाएका थिए।

राष्ट्रपति ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन आफूमाथि लगाइएको करका कारण गम्भीर आर्थिक संकटमा फसेको थियो। त्यसपछि अमेरिका र चीनबीच करबारेमा सम्झौता भएको थियो।’

कुनै कारण नदिई उनले अगाडि भनेका छन्, 'चीनले अमेरिकासँग गरेको सम्झौताको पूर्ण उल्लंघन गरेको छ।'

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरले चीनले सम्झौतामा निर्णय गरिएको तरिकाले ती गैरकर अवरोध नहटाएको बताएका छन्।

चीनले भने यस विषयमा अहिलेसम्म दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad