एकातिर गाजामा इजरायलको आक्रमण जारी छ भने अर्कातर्फ केही प्यालेस्टिनी नै हमासविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।
बीबीसीका अनुसार हमासको विरोधमा प्यालेस्टिनीहरू लगातार तेस्रो दिन पनि दक्षिणी गाजामा सडकमा उत्रिएका हुन्।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा सयौँ प्रदर्शनकारीले युद्ध अन्त्य गर्न र गाजाबाट सैन्य समूह हटाउन माग गरिरहेका देखिन्छन्।
भिडिओमा उनीहरू 'बाहिर, बाहिर, बाहिर, सबै हमास, बाहिर' भन्दै नारा लगाइरहेका छन्।
गाजामा हमासविरुद्ध बोल्नु खतरनाक हुन सक्छ।
मंगलबार पत्रकारहरूको ह्वाट्सएप ग्रुपमा 'कुनै पनि नकारात्मक समाचार प्रकाशन गर्न निषेध' गरिएको धम्की आएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र गाजाबीचको द्वन्द्व सुरु भएयता गाजामा हालसम्म ५३,००० भन्दा बढी मानिस मारिइसकेका छन्।
Shares

प्रतिक्रिया