ग्लोबल


कतारले अमेरिकालाई दियो विमान उपहार

कतारले अमेरिकालाई दियो विमान उपहार

नेपालखबर
जेठ ८, २०८२ बिहिबार ८:३६, काठमाडौँ

कतारले अमेरिकी एयरफोर्स वन फ्लिटका लागि विमान उपहार दिएको छ। अमेरिकाले पनि यसलाई स्वीकार गरेको छ। यद्यपि, यो उपहार स्वीकार गरेकामा आलोचना भइरहेको छ।

विरोध गर्नेमा राष्ट्रपति डोनाल्ड ट्रम्पका केही ठूला समर्थक पनि छन्।

पेन्टागनका प्रमुख प्रवक्ता सिन पार्नेलले बुधबार भनेका छन्, ‘रक्षा सचिवले सबै संघीय नियम र विननियमअनुसार कतारबाट बोइङ ७४७ स्वीकार गर्नुभएको छ।’

विमानमा केही परिमार्जन गरिनेछ। यसपछि यसलाई आधिकारिक रूपमा एयरफोर्स वन-द प्रेसिडेन्टको हवाई यातायातका लागि प्रयोग गर्न सकिन्छ।

ह्वाइट हाउसले यो उपहार कानुनी भएको बताएको दाबी गरेको छ। 

ह्वाइट हाउसले ट्रम्पको कार्यकालपछि नयाँ विमान राष्ट्रपति संग्रहालयमा पठाइने बताएको छ।

राष्ट्रपतिका लागि प्रयोग गर्नुअघि यो कतारी विमानलाई थप सुरक्षा प्रणालीसहित अपग्रेड गर्न लगभग एक वर्ष लाग्न सक्छ।

यसमा आणविक विस्फोट सामना गर्न सक्ने र उडानबीच नै इन्धन भर्ने क्षमता छ।

यसको मूल्य झन्डै ४० करोड अमेरिकी डलर हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad