ग्लोबल


केदारनाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित

केदारनाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित

नेपालखबर
जेठ ३, २०८२ शनिबार १४:२२, काठमाडौँ

भारतस्थित ऋषिकेश एम्सबाट केदारनाथ आउँदै गरेको हेलिकप्टर अचानक अनियन्त्रित हुँदा अवतरणका क्रममा दुर्घटना भएको छ। 

शनिबार यो हेलिकप्टर केदारनाथ हेलिप्याडमा अवतरण गर्ने क्रममा यसको पछाडिको भाग अचानक भाँचिएको हो।

बिरामी लिन आएको हेलिकप्टर केदारनाथ हेलिप्याडमा दुर्घटना भए पनि त्यसमा सवार सबै जना सुरक्षित छन्।

ऋषिकेशबाट सञ्चालित उक्त हेली एम्बुलेन्सका रूपमा चल्छ।

दुई जना डाक्टर र पाइलट सवार  हेलिकप्टर हेलिप्याडबाट २० मिटर टाढा दुर्घटना भएको थियो।

श्री केदारनाथ धाममा बिरामीलाई उद्धार गर्न आएको सञ्जीवनी हेलिकप्टर एम्बुलेन्स आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ।

पाइलटको होसियारीका कारण ठूलो क्षति हुनबाट जोगिएको भारतीय पत्रिका जागरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad