लखनउको मोहनलालगन्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लिपर बसमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ।
लखनउ (दक्षिण) का डीसीपी निपुण अग्रवालले बसमा ७० जना सवार रहेको बताए।
उनले भने, 'बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई महिलासहित पाँच जनाको आगलागीमा परेर मृत्यु भएको छ। अन्य यात्रुलाई उनीहरूको गन्तव्यमा पठाइँदै छ।'
यद्यपि, आगलागी कसरी सुरु भयो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी उपलब्ध छैन।
प्रहरीका अनुसार बसको आपतकालीन गेट नखुल्दा पछाडि बसेका यात्रुहरू समयमै बाहिर निस्कन सकेनन्।
समाचार एजेन्सी पीटीआईले जारी गरेको भिडिओमा बस पूर्ण रूपमा जलेको र यसको संरचना मात्र बाँकी रहेको देखिन्छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयमा अनुसन्धान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।
Shares

प्रतिक्रिया