ग्लोबल


आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

नेपालखबर
जेठ १, २०८२ बिहिबार ९:४१, काठमाडौँ

युक्रेन र रुसबीच बिहीबार टर्कीको इस्तानबुलमा शान्ति वार्ता हुने तय भएको छ।

जसमा सहभागी हुन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन्।

तर रुसको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा यस शान्ति वार्तामा पुटिनको नाम उल्लेख गरिएको छैन।

क्रेमलिनको विज्ञप्तिअनुसार, रुसी प्रतिनिधिमण्डलको नेतृत्व पुटिनका नजिकका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्नेछन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै उनी पुटिनसँग भेटवार्ता गर्न तयार रहेको बताएका थिए। आज टर्कीमा आफू पुटिनको प्रतीक्षामा रहने बताएका थिए। 

त्यसो त पुटिनले पनि जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्ने चाहना रहेको बताएका थिए। तर रुसको राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार पुटिन सहभागी नहुने भनेपछि दुई नेताबीच भेट नहुने देखिएको छ।

मिडिया रिपोर्टअनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यस बैठकमा उपस्थित हुने छैनन्।

यद्यपि, ट्रम्पले पहिले नै संकेत गरेका थिए- यदि पुटिन उपस्थित हुने भएको भए उनी पनि उक्त वार्तामा उपस्थित हुन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad