पाकिस्तानी रेन्जर्सले नियन्त्रणमा लिएका बीएसएफ (सीमा सुरक्षा बल) जवान पूर्णम कुमार साव बुधबार भारतलाई सुम्पिएको छ।
पूर्णम कुमारलाई अप्रिल २३ मा पन्जाबको अटारी सीमाबाट पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको थियो।
बीएसएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अप्रिल २३ देखि पाकिस्तान रेन्जर्सको हिरासतमा रहेका बीएसएफ जवान पूर्णम कुमारलाई आज बिहान १०.३० बजे अमृतसरको संयुक्त चेक पोस्ट अटारीमा भारतीय सेनालाई बुझाइएको छ।'
'स्थानान्तरण शान्तिपूर्ण र स्थापित प्रोटोकलअनुसार गरिएको हो', विज्ञप्तिमा भनिएको छ।
अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो र मे ७ मा पाकिस्तानमा भारतको हवाई आक्रमणपछि स्थिति द्वन्द्वग्रस्त बनेको थियो।
मे १० मा दुई देशबीच युद्धविराम भएको भएपछि दुवै देश तनाव कम गर्ने प्रयासमा छन्।
Shares

प्रतिक्रिया